जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत बंगलादेशसँग ३-० ले स्तब्ध भएको हो ।
बंगलादेशको जितमा मोसमात सिराज जाहान सोप्नाले दुई गोल गरिन् भने कृष्णारानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो ।
जितसँगै बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको छ । तर भारतले भने प्रतियोगिताको इतिहासमै पहिलो हार बेहोरेको हो । यसअघि साफमा भारतले २५ खेल खेल्दा २४ जित र १ बराबरीको नतिजा निकालेको थियो ।
उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको भारतले अब नेपालसँग भिड्ने भएको छ । साथै बंगलादेशले भुटानको सामना गर्नेछ । सेमिफाइनलको दुवै खेल शुक्रबार हुनेछ ।





























प्रतिक्रिया