भारतविरुद्ध नेपालको अग्रता

भारतविरुद्ध नेपालको अग्रता

केन्द्रबिन्दु
0
Shares

साफ महिला च्याम्पियसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले खेलको पहिलो हाफमा १-० को अग्रता लिएको हो ।

पहिलो हाफको इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । प्रिती राईको क्रसलाई उनले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गर्न सफल भइन् ।

आज भारतलाई हराउँदै नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा छ । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन । 

नेपालले आज जित निकालेको खण्डमा उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगिसकेको छ । 

Logo