उल्भ्सलाई हराउँदै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

उल्भ्सलाई हराउँदै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा १० खेलाडीमा सिमित उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलमा १७ अंक जोडेको छ । उल्भ्स ६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Logo