मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने

मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने

केन्द्रबिन्दु
0
Shares

वर्ल्ड टुरिजम डे को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । 

राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा ५४ होलको  खेल हुनेछ । 

तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६  खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्ड -याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वल्र्ड -याङकिङमा स्थान बनाउने अवसर पनि हो । 

नेपालका नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा  गर्नेछन् । टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

Logo