नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ।

नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।

Logo