सन्दीपले लेखे- ‘अबको एक सातामा नेपाल फर्किन्छु र आत्मसमर्पण गर्छु’

सन्दीपले लेखे- ‘अबको एक सातामा नेपाल फर्किन्छु र आत्मसमर्पण गर्छु’

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने बताएका छन् ।

सन्दीपले सामाजिक संजाल फेसबुकमार्फत आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने जानकारी दिएका छन् । नेपाल फर्किएर आफूमाथि लागेको झुटो आरोपविरुद्ध लड्ने पनि उनले बताएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत उल्लेख गरेका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ सन्दीपले लेखेका छन् ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी जारी गरेको छ  । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् ।

उनले यसअघि पनि सामाजिक संजालमार्फ नै नेपाल फर्कने र आफुविरुद्ध लागेको झुटो आरोपविरुद्ध लड्ने बताएका थिए । तर उनी हालसम्म पनि सम्पर्कविहीन नै छन् । त्यसपछि इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ । 

Skip This
Skip This
Logo