आत्मघाती गोलले रोकियो पिएसजी

आत्मघाती गोलले रोकियो पिएसजी

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगअन्तर्गत पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । 

खेलको २२औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । नेयमारको पासमा डिबक्स बाहिरबाट उनले सुन्दर गोल गरेका थिए । तर, ४१औं मिनेटमा पिएसजीकै डानिलो पेरेराले आत्मघाती गोल गर्न पुगेपछि खेल बराबरीमा रोकियो । 

समूह एचको पिएसजी ३ खेलमा ७ अंक जोडेर शिर्षस्थानमा छ । बेन्फिका पनि समान ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

Skip This
Skip This
Logo