कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी आउने

कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी आउने

केन्द्रबिन्दु
0
Shares

 

कतारमा हुन गइरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ। 

टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो। टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव बुधवार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी बाटो खुलेको हो  । कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।

उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन। कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । कतार विश्वकप आगामी ४ मंसिर देखी सुरु हुँदैछ । 

Skip This
Skip This
Logo