सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

२० गतेबाट ७ दिनका लागि म्याद थप भएको हो । आज बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन् ।

दशैं बिदाका कारण प्रहरीले ढिला गरी म्याद थप गरेको छ । आज अदालतबाट म्याद थप भएसंगै लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ ।  १७ वर्षीया किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । 

Logo