एपिएफको अपराजित यात्रा कायमै

एपिएफको अपराजित यात्रा कायमै

केन्द्रबिन्दु
0
Shares

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली एपीएफ क्लबले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । 

यस समूहबाट क्वाटरफाइनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमवार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनए बीचको खेलपछि लाग्नेछ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ ।  प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

Skip This
Skip This
Logo