जिम्बावेसँग पाकिस्तान स्तब्ध, सेमिफाइनलकाे यात्रा कठिन

जिम्बावेसँग पाकिस्तान स्तब्ध, सेमिफाइनलकाे यात्रा कठिन

केन्द्रबिन्दु
0
Shares

जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । सुपर–१२ को ग्रुप–२ मा भएको खेलमा जिम्बावेले पाकिस्तानमाथि  एक रनको रोमाञ्चक जित दर्ता गरेको हो ।  

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनायो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ चाहिए पनि त्यसलाई पूरा गर्न सकेन । 

ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवान सस्तैमा समेटिएपछि पाकिस्तानको खेल धर्मराएको थियो । रिजवान १४ रन र बाबरले ४ रनमै आउट भए । त्यसपछि शान मसुदले सर्वाधिक ४४ रन बनाए । मोहमद नवाजले २२ तथा शादब खानले १७ रन जोडे ।

जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिए भने ब्राड इभान्सले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । जिम्बावेका लागि सिन विलियम्सले ३१ रन बनाए भने कप्तान क्रेग इर्भिन्स र ब्राड इभान्सले समान १९/१९ रन बनाए ।  साथै वेस्ले माधिभिरेले १७ रन जोडे । 

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, शादब खानले ३ विकेट लिए भने हरिस रौफले १ विकेट लिए ।

भारतविरुद्धको खेल गुमाएको पाकिस्तानले यस हारले सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जिम्बावेले भने आफ्नो त्यही सम्भावनालाई कायम राखेको छ । पाकिस्तानले अब आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ भने विहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । पाकिस्तान सेमिफाइनलमा पुग्न यी सबै खेल जित्नु पर्छ । 

Skip This
Skip This
Logo