नेपालले बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।
ढाकास्थित मोस्ताफा कमल रंगशालामा शनिबार भएको खेलमा उपाधि दावेदार घरेलु टोली बंगलादेशलाई नेपालले १-० ले पराजित गरेको हो । नेपालको जितमा फरवार्ड वर्षा ओलीको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् ।
नेपालले पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो । लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोडेर शिर्ष स्थानमा रहेको छ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले अब भुटान र बंगलादेशसँग नै खेल्नेछ । अन्तिममा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।































प्रतिक्रिया