लिभरपुल पराजित

लिभरपुल पराजित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ ।  बिहीबार राति सम्पन्न खेलमा बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले  खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।

लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

Skip This
Skip This
Logo