च्याम्पियन्स लिगको नकआउट चरणमै रियलविरुद्ध लिभरपुल र बायर्नविरुद्ध पिएसजी

च्याम्पियन्स लिगको नकआउट चरणमै रियलविरुद्ध लिभरपुल र बायर्नविरुद्ध पिएसजी

केन्द्रबिन्दु
0
Shares

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नकआउट चरण अर्थात् राउण्ड अफ १६ को ड्र सार्वजनिक भएको छ । 

भर्खरै सार्वजनिक भएको ड्र अनुसार लालिगा क्लब रियल म्याड्रिड र इंग्लिस क्लब  लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । यी दुई टोली गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए, जहाँ रियलले बाजी मारेको थियो । 

PSG 0-1 Bayern Munich (agg: 3-3): Champions League quarter-final, second  leg – as it happened | Champions League | The Guardian

त्यस्तै, उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि नकआउट चरणमै आमने सामने हुने भएका छन् । उनीहरुले सन् २०२० को च्याम्पियन्स लिगको फाइनलको यात्रा गरेका थिए । जसमा बायर्नले पिएसजीलाई स्तब्ध पार्दै उपाधि जितेको थियो । 

Imageसाथै नकआउट चरणमा म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग, बेन्फिका विरुद्ध क्लब ब्रुजा, टोटेनहम हट्सपर विरुद्ध एसी मिलान, नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट, चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड र एफसी पोर्टो विरुद्ध इन्टर मिलान भिड्ने भएका छन् । 

राउन्ड अफ १६ का खेलहरु फेब्रुअरी तेस्रो साताबाट सुरु हुनेछ । पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछ भने दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा हुनेछ । 

Skip This
Skip This
Logo