के मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप जित्ला ?

के मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप जित्ला ?


कुरा सन् १९८६ को हो । जतिबेला अर्जेन्टिनाले अन्तिम पटक फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको कप्तानीमा विश्वकप जितेको थियो । 

त्यो वर्ष मेक्सिको सिटीमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ ले हराएर विश्वकपको उपाधि जितेको थियो । सोही प्रतियोगितामा म्याराडोनाले क्वार्टर फाइनलमा इङ्गल्यान्ड र सेमिफाइनलमा बेल्जियमविरुद्ध गरेको प्रदर्शनका लागि उनलाई अहिले पनि विश्व फुटबल जगतले चिनिरहेको छ । अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको खराब प्रदर्शनपछि, प्रशिक्षक जर्ज साम्पाओलीलाई बर्खास्त गर्‍यो । 

उनको स्थानमा अर्जेन्टिनाका पूर्व खेलाडी लियोनेल स्कालोनीलाई नियुक्त गर्‍यो । टोलीको जिम्मेवारी उनको काँधमा आएपछि उनले अर्जेन्टिनाको खेल शैलीमा धेरै परिवर्तन ल्याएका छन् । नयाँ र सुधारिएको अर्जेन्टिनाको टोलीले तीन वर्षभन्दा बढी अवधि अपराजित रहँदै सन् १९९३ र २०२२ को फाइनलसिमापछि पहिलो पटक सन् २०२१ मा कोपा अमेरिका जितेको थियो । अर्जेन्टिना सन् २०१० को विश्वकपमा क्वाटर फाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो । तर क्वाटर फाइनलमा ऊ सन् २०१४ को विश्व विजेता जर्मनीसँग ४–० ले हार्दै बाहिरिएको थियो । 

पछिल्लो विश्वकप अर्जेन्टिनाले ३६ वर्ष अघि जितेको थियो । सोही क्षणलाई पुनरावृत्ति गर्न अर्जेन्टिना पुनः लियोनल मेस्सीको नेतृत्वमा विश्वकपको उपाधि जित्न चाहन्छ । मेस्सीले यसअघि टोलीका लागि ओलम्पिक र कोपा अमेरिकामा स्वर्ण पदक जितिसकेका छन् । उनको कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा जित नजिक पुगेको थियो, तर फाइनल खेलको थप समयमा जर्मनीसँग १–० हार बेहोर्दै उपबिजेतामा सीमित भयो । ३५ वर्षीय मेस्सीका लागि कतार विश्वकप सम्भवतः अन्तिम प्रतियोगिता हुनेछ । 

अर्जेन्टिनाको लुसेल (फाइनल खेल हुने मैदान) सम्मको यात्रा..

साम्पाओलीको अर्जेन्टिना कागजमा अपेक्षाकृत सहज समूहमा परेको छ । उसले आफ्नो समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा साउदी अरेबियाको यो छैटौँ उपस्थिति हुनेछ । सन १९९४ को विश्वकपमा साउदी अरेबियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । सो विश्वकपमा साउदीले समूह चरण पार गरेको थियो । यस संस्करणको विश्वकपमा साउदी अरेबिया त्यो यात्रा भन्दा अघि बढ्न चाहन्छ ।  

सन् २०१८ विश्वकपको समूह चरणमा जर्मनीलाई नकआउट चरण पार गर्न नदिन महत्त्वपूर्ण भूमिका खेलेको मेक्सिकोले अर्जेन्टिनाका लागि ठूलो चुनौती खडा गर्नेछ । वोल्भरह्याम्प्टन वान्डरर्सका फरवार्ड राउल जिमिनेजले यस पटक मेक्सिकोको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । सोही कारण अर्जेन्टिना उनीबाट सावधान रहनुपर्ने देखिन्छ । ३१ वर्षीय राउल जिमिनेजले बेन्फिकाका लागी ९१ खेलमा ३० गोल गरेका छन् । 

उनी सन् २०२० मा टाउकोमा गम्भीर चोट लागेपछि केही समय मैदान बाहिर रहेका थिए । तर अहिले उनी पूर्ण निको भई मैदान फर्किसकेका छन् । सोही कारण उनी यो संस्करणमा आफ्नो टोलीलाई सफलता पूर्वक नेतृत्व गर्दै उत्कृष्ट नतिजा ल्याउने जिम्मेवारी उनको काँधमा रहेको छ ।  

मेक्सिको जस्तै, पोल्यान्डले मेस्सीको अर्जेन्टिना विरुद्ध खेल्दा गोलका लागि आफ्नो अनुभवी सेन्टर फरवार्डमा भर पर्नेछ । पोल्यान्डका सुपरस्टार रोबर्ट लेवान्डोस्कीले आफ्नो देशका लागि ७६ गोल गरिसकेका छन् । तर उनले विश्वकपमा भने अहिलेसम्म १ गोल पनि गर्न सकेका छैनन् । यदि पोल्यान्ड समूह चरणबाटै बाहिरिनबाट जोगिन चाहन्छ भने लेवान्डोस्कीले आफ्ना नाममा भएको सो रेकर्डलाई तोड्न आवश्यक हुनेछ ।

अर्जेन्टिना ग्रुप ‘सी’ टप गर्न चाहन्छ । यदि उसले यसो गर्न सकेमा उसले फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ को उपविजेतासँग राउन्ड अफ १६ मा भिड्ने सम्भावना रहन्छ । फ्रान्सले आफ्नो ग्रुप टप गर्छ भन्ने बुझेर अर्जेन्टिना विश्व विजेता फ्रान्ससँगको भिडन्तबाट बच्न चाहन्छ । यदि अर्जेन्टिनाले यस्तो गर्न सफल भएमा नकआउट चरणको प्रारम्भिक चरणमा पुग्न सफल हुनेछ । यस्तै ग्रुप ‘ए’ वा ‘बी’ को एक टोली क्वार्टर फाइनल पुग्ने छ । यसका लागि सम्भावित टोलीमा सेनेगल, नेदरल्याण्ड्स, इङ्गल्यान्ड वा वेल्स रहेका छन् । यदि अर्जेन्टिनाले यी टोलीहरूलाई पन्छ्याउँदै अघि बढ्न सकेमा उसले सेमिफाइनल हुँदै १८ डिसेम्बर लुसेलमा हुने फाइनल खेलमा पुग्ने सम्भावना बलियो बनाउने छ ।

मेस्सीका लागि अन्तिम विश्वकप

अर्जेन्टिना र बाँकी विश्वले डिसेम्बरको टूर्नामेंट समाप्त हुने बित्तिकै फुटबलको महान् खेलाडीहरूमध्ये एक मेस्सीलाई अन्तर्राष्ट्रिय खेलबाट बिदा गर्न सक्छ । लियोनल मेस्सी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेको १८ वर्ष भइसक्यो । उनी अझै पनि अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छो खेलाडीको उपाधि राख्छन् । मेस्सीले जर्मनीमा भएको सन् २००६ को विश्वकपमा डेब्यु गरेका थिए । मेस्सीको करिअरको बारेमा भन्नुपर्दा उनी उत्कृष्ट क्लब करियरको साथमा, विश्व कप जित्नु बाहेक एक खेलाडीले आशा गर्न सक्ने लगभग सबै सफलताहरू हासिल गरिसकेका छन् । 

मेस्सीले आफ्नो करिअरमा सबैभन्दा बढी अर्थात् सात पटक बालेन ‘डी’ ओरको अवार्ड हात पारेका छन् । अधिकांश कीर्तिमानहरूमा मेस्सी र रोनाल्डो अघिपछि देखिन्छन् । सन् २००८ देखि २०१८ सम्म फिफा वर्ष खेलाडी अवार्ड यी दुईबाहेक अन्य खेलाडीको पोल्टामै परेन । सोही कारण मेस्सीले यो संस्करणको विश्वकपमा अद्भुत प्रदर्शन गर्दै अर्जेटिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएर आफ्नो अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिन चाहन्छन् । 

Logo