एमबाप्पे चम्किदा फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा

एमबाप्पे चम्किदा फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा

केन्द्रबिन्दु
0
Shares

केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो । 

स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । 

जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ । डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 

Logo