ऐतिहासिक तथ्यमा विश्वकपको चिरफार

ऐतिहासिक तथ्यमा विश्वकपको चिरफार


कतारमा जारी २२ औं फिफा विश्वकप अन्तर्गत मंगलबारदेखि तेस्रो चरणका खेलहरु सुरु भए । जारी विश्वकपमा तेस्रो चरणको खेल सकिदासम्म पूर्व विजेता फ्रान्स, ब्राजिल, पोर्चुगल, इङ्ल्याण्ड, सेनेगल, अमेरीका तथा नेदरल्याण्ड नकआउट चरणमा प्रवेश गरिसकेका छन् । अन्य राष्ट्रहरुले भने तेस्रो चरणका खेलहरुको नतिजामै भर पर्नुपर्ने अवस्था छ । भकुन्डोको महाकुम्भ अर्थात फिफा विश्वकप अन्तर्गत नै रहेर आज चर्चा गर्ने छौं । 

1. ब्राजिल सर्वाधिक विजेताः २२ औं संस्करणसम्म आइपुग्दा अहिलेसम्म दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले सर्वाधिक पाँच विश्वकपको उपाधि जितेको छ । जसमा उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी सो उपलब्धी हासिल गरेको हो । ब्राजिलपछि जर्मनी र इटालीले समान चार पटक सो उपाधि जितेका छन् ।

2. पहिलो विश्वकपः विश्वकपको पहिलो संस्करण दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा सन् १९३० जुन १३ देखि जुलाइ ३० सम्म सञ्चालन भएको थियो । १३ राष्ट्र सम्मिलित सो प्रतियोगिताको उपाधि आयोजक राष्ट्र उरुग्वेले नै जितेको थियो ।  जसका लागि उसले फाइनलमा अर्जेन्टिनालाई ४–२ गोलले हराएको थियो ।

3. विश्वकपमा पहिलो पेनाल्टी सुटआउटः खेलको निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको नतिजा बराबरी भएमा निर्णायक नतिजा निकाल्न पेनाल्टी सुटआउट गर्नुपर्ने हुन्छ । यही पेनाल्टी सुटआउट विश्वकपमा पहिलो पटक सन् १९८२ मा पश्चिम जर्मनी र फ्रान्सबीच सेमिफाइनलमा भएको थियो । उक्त पेनाल्टी सुटआउटमा जर्मनीले फ्रान्सलाई ५–४ गोल अन्तरले जितेको थियो । तर फाइनलमा पश्चिम जर्मनी इटालीसँग ३–१ गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो ।

4. विश्वकपमै पहिलो पहेंलो र रातो कार्डः विश्वकपमा कार्डको व्यवस्था सन् १९७० बाट सुरु भएको हो । त्यसपछि सोभियत संघका खेलाडी लोचेभले मेक्सिको विरुद्धको खेलमा फाउल गरेपछि विश्वकपकै पहिलो पहेंलो कार्ड पाएका थिए । त्यस्तै डव्यान बाबक्यान रेफ्रीले चिलीका कार्लोस कासज्लीलाई पश्चिम जर्मनी विरुद्धको खेलमा जर्मनीका खेलाडीमाथि फाउल गरेपछि रातो कार्ड देखाएका थिए । फिफा विश्वकपको इतिहासमा पहिलो रातो कार्ड त्यही नै थियो ।

5. विश्वकपको पहिलो ट्रफीः जुलिस रिम्टले सन् १९३० को पहिलो विश्वकपमा विजेताका लागि पहिलो ट्रफी बनाएका थिए । यो ट्रफी विजेता बन्ने टोलीले अस्थायी रुपमा सन् १९३० देखि १९७० सम्म चार–चार वर्षको अवधिमा आफूसँग राखेका थिए । तर ब्राजिलले त्यसबेला सर्वाधिक तीनपटक उपाधि जितेपछि उसलाई सधैंभरिका लागि सो ट्रफी दिइएको थियो । तर त्यो ट्रफी सन् १९८३ मा चोरी भएको थियो । जुन अहिलेसम्म भेटिएको छैन । जारी प्रतियोगितामा प्रयोग गरिएको ट्रफी सन् १९७४ मा १८ क्यारेटको सुन प्रयोग गरी बनाईएको हो ।
 

Logo