यसकारण राखियो स्टेडियमकाे नाम ‘९७४’

यसकारण राखियो स्टेडियमकाे नाम ‘९७४’

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ । विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ । प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ ।

तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ । स्टेडियम रिसाइकल सिपिङ  कन्टेनरबाट निर्माण गरिएको हो । रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ‘९७४’ राखिएको हो । खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो । 

प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । सोमबार फिफा विश्वकपको आधिकारिक ट्विटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर ग-यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘सिपिङ कन्टेनरबाट निर्मित । स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि पछि पुनः प्रयोग गर्न सकिन्छ ।’

आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको साे रंगशालाकाे सिट क्षमता ४० हजार छ । -एजेन्सी

Skip This
Skip This
Logo