नेइमारले बराबरी गरे पेलेको कीर्तिमान

नेइमारले बराबरी गरे पेलेको कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिमबाट पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबर गरेका हुन् । उनले पेलेले ९२ खेल खेल्दै बनाएको ब्राजिलका लागि सर्वाधिक गोल कर्ताको कीर्तिमान १२४ खेलमा बराबरी गरे ।

अतिरिक्त समयमा नेइमारले गरेको गोलमा जारी खेलमा ब्राजिलले अग्रता लिएको छ । जारि खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

Skip This
Skip This
Logo