एमबाप्पेको गतिलाई रोक्ला त मेस्सीको अर्जेन्टिनाले ?

एमबाप्पेको गतिलाई रोक्ला त मेस्सीको अर्जेन्टिनाले ?

केन्द्रबिन्दु
0
Shares

पहिलो विश्वकप जित्दा १९ वर्षका मात्रै थिए, केलियन एमबाप्पे । आफ्नो पहिलो विश्वकप खेलिरहेका उनले समुहचरणमा पेरु विरुद्ध १ अर्जेन्टिना विरुद्ध २ र फाइनल खेलमा क्रोएसिया विरुद्ध १ गोल गरेका थिए । विश्वकप डेब्यु खेलमै ४ गोल गरेका र १९ वर्ष मात्र  भएका कारण एमबाप्पेले सो संस्करणमा युवा वर्ष खेलाडीको अवार्ड नै जितेका थिए । सो संस्करणमा पेलेपछि एमबाप्पे सबैभन्दा कम उमेरमा विश्वकप जित्ने खेलाडी बनेका थिए । 

एमबाप्पेले ४ वर्षअघिको सोहि लयलाई जारी प्रतियोगितामा पनि निरन्तरता दिइरहेका छन् । उनले कतार विश्वकपमा ५ गोल गर्नुका साथै २ असिस्ट पनि गरिसकेका छन् । दोस्रो विश्वकप खेलीरहेका एमबाप्पे अहिले २३ वर्षका मात्रै छन् । तर मैदानमा दिग्गज मानिएका  खेलाडीसँग उनी काधँमा काधँ राखी जोडी खेलीरहेका छन् । यदि पौष ३ अर्थात आइतबार फ्रान्सले लगातार दोस्रो पटक विश्वकप जितेमा वा र त्यो जितमा उनले एक गोल गर्न सकेमा उनी पेले, डिएगो म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सर्वकालिन महान खेलाडीका रुपमा चिनिनेछन् ।

२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका पिता विल्फ्राइड मुलतः क्यामरूनका बासिन्दा हुन् । उनका पिता फुटबल कोचसँगै एमबाप्पेका एजेन्ट पनि हुन् । एमबाप्पेकी आमा फाएजा लमारी अल्जेरियाकी हुन् । उनी ह्यान्डबलकी खेलाडी समेत हुन् । 

विश्व फुटबल जगतका उत्कृष्ट युवा प्रतिभाहरूमध्ये एक, केलियन एमबाप्पे, हाल फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट–जर्मेनका लागि खेल्छन् । ६ वर्षको उमेरमा बोन्डी क्लबबाट खेल जिवन सुरु गरेका एमबाप्पेले पिएसजीका लागि १९०, मोनाकोका लागि २७ र फ्रान्सका लागि ३३ गोल गरिसकेका छन् । समग्रमा उनले २९० गोल गरेर विश्व फुटबल समुदायमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । 

१६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गरेका उनी फ्रान्सेली टोलीका नियमित खेलाडी हुन् । मोनाकोका लागि सत्र वर्षपछि लिग वान उपाधि जित्न मद्दत गरेसँगै एमबाप्पे पेरिस सेन्ट जर्मेनको नजरमा परेका थिए । सो समय विश्व फुटबलका ठुला–ठुला क्लबहरुले उनलाई भित्र्यान चाहेका थिए । तर त्यसमा सफल भयो पिएसजी । पिएसजीले उनलाई १८० मिलियन युरोमा किन्न सफल भयो । पेरिस सेन्ट जर्मेनमा आएसँगै उनी सबैभन्दा महँगो किशोर फुटबलर र नेमारपछि विश्वकै सबैभन्दा महँगो खेलाडी बने । पिएसजीमा डेब्यू गरेकै सिजन एमबाप्पेले लिग वान, कप डे फ्रान्स, र कप डे ला जिताउन मद्दत गरेका थिए ।

 उमेर समुहबाट फ्रान्सेली टोलीमा नियमित खेल्दै आएका एमबाप्पेले सन् २०१६ मा युरो अन्डर–१९ च्याम्पियनसिप जिताउन मद्दत गरेका थिए । सो प्रतियोगिताभर उनी एक्लैले पाँच गोल गरेर फ्रान्सलाई फाइनलसम्म पुर्याएका थिए । केलियन एमबाप्पेको हालको नेटवर्थ करिब १८ मिलियन युरो रहेको अनुमान छ । उनको बजार मूल्य अहिले १५० मिलियन युरो छ । अन्तर्राष्ट्रिय खेलकुदमा उनले उमेर समुहमा अन्डर १९ को युरोकप र सन् २०१८ मा विश्वकप जिताउन सहयोग गरेका थिए । 

मेस्सी र रोनाल्डोको १६ वर्षको राजलाई तोड्न आएका एमबाप्पे आफ्ना आइडल रोनाल्डोलाई मान्छन् । सानै उमेरमा धेरै सफलता प्राप्त गरिसकेका एमबाप्पे निकै छरितो तरिकाले ड्रिब्लिङ गर्दै बल अघि लैजान्छन् । उनको दौड्लाई भेट्न विपक्षी खेलाडहिरुलाई हम्मे–हम्मे पर्छ । जारी कतार विश्वकपमा उत्कृष्टलयमा रहेका एमबाप्पे फाइनल खेलमा मेस्सीको अर्जेन्टिनाविरुद्ध गोल गर्दै फ्रान्सका लागि लगातार दोस्रो विश्वकप र आफ्ना लागि गोल्डन बुट जित्न चाहन्छन् । उनको यो इच्छाको अघि विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सी उभिएका छन् । यी दुई खेलाडीमध्ये कस्ले विश्वकपको उपाधि जित्नेछ भन्ने छिनोफानो आइतबार लुसेल रंगशालामा देखिनेछ ।

  

Skip This
Skip This
Logo