काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिताको लिग चरणमा नेपाल जितविहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ । शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५–१६ ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेटमा पुनरागमन गर्दै २५–२३ को जित निकाल्यो ।
त्यसपछि नेपालले तेस्रो सेट २५–१७ ले गुमायो । नेपालले चौथो सेट २५–१९ मा जित निकाल्दा अन्तिम सेटमा किर्गिस्तानले १५–६ को जित निकाल्यो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ । प्रतियोगितामा चार टोलीको मात सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।































प्रतिक्रिया