तेस्रो स्थानका लागि आज नेपाल र श्रीलंका भिड्दै

तेस्रो स्थानका लागि आज नेपाल र श्रीलंका भिड्दै

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा जारी बगबंन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले सोमबार श्रीलंकाको सामना गर्दैछ । 

ढाकामा नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा १० बजे सुरु हुनेछ । आज नेपाल श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलंकाले हराएको थियो । प्रतियोगिताको उपाधिका लागि बंगलादेश र किर्गिस्तान भिड्ने छन् । 

आइतबार भएको सेमिफाइनलमा आयोजक बंगलादेशले नेपाललाई ३० को सोझो सेटमा हराएको  थियो । यस्तै किर्गिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । च्याम्पियनसिपमा  आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

Logo