पीएसजीद्वारा मेसीलाई ‘गार्ड अफ अनर’ प्रदान

पीएसजीद्वारा मेसीलाई ‘गार्ड अफ अनर’ प्रदान

केन्द्रबिन्दु
0
Shares

विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गार्ड अफ अनर प्रदान गरेको छ।

विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले उच्च सम्मान गरेको हो। गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए। पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए।

प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए। ‘म सबै कर्मचारी, मेरो टोलीका साथीहरूबाट मलाई दिएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु, र आगामी चुनौतिको लागि तयार हुनेछु,’ उनले भने।

कीर्तिमानी ७ पटकका बालोन डि’ओर विजेता मेसीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो। मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए। सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेसीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन्।

Skip This
Skip This
Logo