श्रीलंकाविरुद्धको टी–२० शृङ्खला भारतलाई

श्रीलंकाविरुद्धको टी–२० शृङ्खला भारतलाई

केन्द्रबिन्दु
0
Shares

श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ ।

शनिबार राति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो । श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव १ सय १२ रनमा अविजित रहे । शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो ।

भारत र श्रीलङ्काबीच अब तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल  आगामी आइतवार हुनेछ ।

Skip This
Skip This
Logo