नेपाल टी–२० लिगः विराटनगर र काठमाडौंलाई जित्नै पर्ने दबाव

नेपाल टी–२० लिगः विराटनगर र काठमाडौंलाई जित्नै पर्ने दबाव

केन्द्रबिन्दु
0
Shares

पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा ‘प्लेअफ’ को दोस्रो खेलमा आज इलिमिनेटरको खेल हुदैछ ।

त्रिवि मैदानमा मध्याह्न १२ बजे सुरु हुने खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबिच प्रतिस्पर्धा हुदैछ । यो लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसविरुद्ध दुई खेल खेलेकामा १–१ खेल जितेका छन्। विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण पार गरेका थिए ।

सोमबारको विजेताले आइतबारको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने प्रतियोगिताबाट बाहिरिने छ। लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। तेस्रोले १० लाख र चौथोले ५ लाख पाउने छन्।

Logo