पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानविरुद्धका तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ ।

न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो । कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । पाकिस्तानका ओपनर फकर जमानले शतकीय पारी खेले । त्यस्तै मोहम्मद रिजवानले ७७ रन बनाए । पाहुना टोलीका टिम साउदीले तीन तथा लकी फर्गुसनले दुई विकेट लिए ।

२ सय ८१ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा ८ विकेट गुमाएर भेट्टायो । न्युजिल्यान्डका ग्लेन फिलिप्स, केन विलिम्सन र डेभन कन्भेले अर्धशतक बनाए । फिलिप्सले नटआउट सर्वाधिक ६३ रन बनाए । त्यस्तै केनले ५३ र कन्भेले ५२ रन जोडे । पहिलो एकदिवसीयमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो एकदिवसीयमा ७९ रनले पराजित भएको थियो ।

Skip This
Skip This
Logo