खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा नसोचाैँ – सदस्यसचिव घिसिङ

खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा नसोचाैँ – सदस्यसचिव घिसिङ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सदस्स्यसचिव घिसिङले यस्तो बताएका हुन् । उनले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए । 

उनले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताए । उनले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताए । राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको उनले बताए । 

सदस्स्यसचिव घिसिङले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताए ।  उनले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बतए ।  

सदस्यसचिव घिसिङले खेलाडी छनोट भनसुनका आधारमा गर्न थालेपनि राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताए । उनले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताए । 

Skip This
Skip This
Logo