सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ मंगलवारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ मंगलवारबाट

केन्द्रबिन्दु
0
Shares

सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलवारबाट हुने भएको छ । 

प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरियता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए । 

काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लवको कोर्समा आयोजना हुने तीन दिने प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणबाट बाहिरिने गल्फरले नगद ६ हजार पाउनेछन् ।

मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

Skip This
Skip This
Logo