चेल्सी फुलहमसँग बराबरीमा रोकियो

चेल्सी फुलहमसँग बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुलहमसँग बराबरीमा रोकिएको छ ।

स्टामफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले फुलहमसँग अंक बाड्नु परेको हो । फुलहमविरुद्धको खेलबाट चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले डेब्यु गरेका थिए ।

चेल्सीले अर्जेन्टिनाका मिडफिल्डर एन्जोलाई बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । यस बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा छ ।

Skip This
Skip This
Logo