पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । सन्दीपलाई भेट्न नै उनी आइतबार नेपाल आएका हुन् ।
स्रोतका अनुसार भेटमा रिजवानले बलात्कार आरोपपछि नेपाली टोलीमा फर्किएका सन्दीपलाई हौसला प्रदान गरेका थिए । उनले आफूलाई मानसिकरूपमा बलियो बनाउन सल्लाह दिएका थिए । पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग सन्दीपको दोस्ती जमेको थियो ।
केही साताअघि विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका पूर्वकप्तान सन्दीपलाई हालै बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले निलम्बन फुकुवा गरेपछि उनी हाल बन्द प्रशिक्षणमा छन् । उनलाई अदालतले मुद्धाको किनारा नलागेसम्म विदेश जान नपाउने शर्त पनि राखेको छ । त्यसकारण पनि उनलाई भेट्न रिजवान नेपाल आएको बताइएको छ ।
छोटो समयका लागि नेपाल आएका रिजवान आजै स्वदेश फर्किसकेका छन् ।
यसअघि आइतबार नै रिजवानले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए ।































प्रतिक्रिया