पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ।
बुधबार राति भएको अन्तिम १६ को खेलमा १४ पटकको च्याम्पियन पिएसजी मार्सेसँग २-१ ले पराजित हुँदै बाहिरिएको हो। मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। त्यसपछी, मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै मार्सेलाई २-१ को जित दिलाए ।































प्रतिक्रिया