साफ महिला फुटबलमा नेपाल उपविजेतामै सीमित

साफ महिला फुटबलमा नेपाल उपविजेतामै सीमित

केन्द्रबिन्दु
0
Shares

नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ । बिहीबार साँझ बंगलादेशमा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल घरलु टोलीसँग ३-० ले पराजित भएको हो । 

बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे । खेलमा केही अवसर पाउँदा पनि नेपालका कुनै खेलाडीले सदुपयोग गर्न सकेनन् । योसँगै बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।

नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन । उपविजेतामै सिमित बनेको छ । 

Logo