भिल्लामाथि सिटीको सहज जित

भिल्लामाथि सिटीको सहज जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा भएको खेलमा सिटीको सहज जितमा रोड्री, इल्केए गुन्डोगान र रियाद महारेजले गोल गरे । भिल्लाका ओली वाटकिन्सले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटीको अग्रता २–० को बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दासिटी ३–० ले अघि रह्यो । खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि सिटी ३–१ ले विजयी भयो । यस जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीको २२ खेलबाट ४८ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५१ अंक छ । पराजित भिल्ला २८ अंक जोडेर ११औं स्थानमा छ ।

Skip This
Skip This
Logo