आर्सनलले चेल्सीलाई हराउँदै एफ ए कप फुटबलको उपाधि जित्यो

आर्सनलले चेल्सीलाई हराउँदै एफ ए कप फुटबलको उपाधि जित्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आर्सनलले एफ ए कप फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा आर्सनलले चेल्सीलाई २,१ गोल अन्तरले हराउँदै १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।

खेलको ५ औं मिनेटमा चेल्सीले अग्रता लिए पनि जोगाउन नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए पनि २८ औं मिनेटमा आर्सनलका पियर इम्रिक औबामियाङले पाएको पेनाल्टीको फाइदा उठाउँदै खेल १,१ को बराबरी गरे । ६७ औं मिनेटमा औबामियाङले अर्को गोल गरे । यो सँगै आर्सनल उपाधि जित्यो ।

Logo