नामिबिया र स्कटल्याण्ड भिडदैँ

नामिबिया र स्कटल्याण्ड भिडदैँ

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ ।

खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आज दुवै टोलीले पहिलो जित हात पार्ने लक्ष्यकासाथ मैदान उत्रदैछन् । नामिबिया मंगलबार नेपालसँग दुई विकेटले पराजित भएको थियो । उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

स्कटल्यान्डको टोलीः

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर , शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नामिबियाको टोलीः

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।
 

Skip This
Skip This
Logo