युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेल्दै अंक बाडेका छन् ।
क्याम्पनाउमा बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका मार्कोस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, मार्कुस राषफोर्डले ५२ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाईटेड २–१ ले अघि रह्यो । तर, खेलको ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ । खेल युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।































प्रतिक्रिया