यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोली बुधबार युएई जाँदैछ।
छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबारदेखि मार्च २ सम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ क्रिकेट विश्वकपमा स्थान बनाउनेछ। नेपालले सन् २०१६ देखि यू(१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू–१० विश्वकप गुमाइसकको छ।
सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो। यसपटक विश्वकपमा पुग्ने लक्ष्यका साथ तयारी गरेको नेपाली टिमको कप्तानमा देव खनालको पुनरागमन गरेका छन्। यसअघि गत वर्ष गुल्शन झा नेपालको कप्तान बनेका थिए। उनी सिनियर टिममा समावेश भएपछि देवलाई फेरि कप्तान बनाइएको हो। गुल्शनको स्थानमा आकाश चन्दलाई राष्ट्रिय टिमम स्थान दिइएको छ।
यसैबिच, क्रिकेट संघ (क्यान) ले बुधबार युएई जाने यू–१९ टोलीलाई बिदाइ गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्।
नेपाली टिमः
देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क) , दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द































प्रतिक्रिया