आर्सनलले लेस्टर सिटीलाई हरायो

आर्सनलले लेस्टर सिटीलाई हरायो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटिलाई पराजित गरेको छ। 

गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे। त्यसअघि खेलको २७औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोलले मान्यता पाएन। 

भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो। यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने  लेस्टर २४ अंक जोडेर १४औं स्थानमा रहेको छ।

Skip This
Skip This
Logo