हङकङमाथि नेपालको सानदार जित

हङकङमाथि नेपालको सानदार जित

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । सोमबार यूएईको अजमानमा भएको खेलमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित हात पारेको हो । 

हङकङले जितका लागि दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आकाश त्रिपाठीले अर्धशतकीय इनिङ्स खेले । उनी ७२ बलमा ६४ रन जोडेर अविजित रहे । 

त्यस्तै, उत्तम रानामगरले ३९ रन तथा अर्जुन कुमालले १६ रन जोडे । 

त्यसअघि टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएको थियो । हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । त्यस्तै, एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए भने आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए ।

यो जितसँगै नेपालले लगातार तेस्रो जित हात पारेको छ ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

Skip This
Skip This
Logo