इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले टोरिनोसँग रोमाञ्चक जीत निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले टोरिनोसँग ४–२ को रोमाञ्चक पूनरागमन जीत हासिल गरेको हो । युभेन्ट्सको जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले एक–एक गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै टोरिनोका यान कारामोहको गोलबाट खेलमा पछि परेको युभेटसलाई १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा ल्याए ।
यस्तै, ४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।
यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ भने त टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ ।































प्रतिक्रिया