राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका अल्बर्टो नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका अल्बर्टो नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् ।

बुधवार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले अल्बर्टोलाई नियुक्त गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाली टोली केही समयदेखि मुख्य प्रशिक्षक विहीन रहेको थियो । 

अल्बर्टो इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन् । उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक छन्। उनले लाटभिया, घाना, प्लेस्टाइन, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतका टिमको प्रशिक्षक भएर काम गरिसकेका छन् । 

एन्फाले घरेलु मैदानमा चैत पहिलो हप्ता  ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को आयोजना गरेको छ । प्रतियोगितामा नेपालसँगै भुटान र लाओसको सहभागिता रहनेछ । जसमा नेपाली टोलीको नेतृत्व अल्बर्टोले गर्ने बुझिएको छ । 

Skip This
Skip This
Logo