नेपाल र युएई भिड्दै, सन्दीप लामिछाने पनि खेल्ने

नेपाल र युएई भिड्दै, सन्दीप लामिछाने पनि खेल्ने

केन्द्रबिन्दु
0
Shares

यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा बिहिबार नेपालले घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार मध्याहन्न ११ः४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपाल आइसिससी विश्वकप लिग–२ मा लगातार छैटौं जित निकाल्ने योजनामा छ । अघिल्लो साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो । युएईमा पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो ।

आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ । युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भनिएकाले पनि यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।

यसैबिच, सर्वोच्च अदलातले विदेश जान अनुमति दिएसँगै स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई पुगीसकेका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ ।

नेपालको टोलीः

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

Skip This
Skip This
Logo