नेपाललाई युएईको मध्यम लक्ष्य, सन्दीपले दिलाए ३ विकेट

नेपाललाई युएईको मध्यम लक्ष्य, सन्दीपले दिलाए ३ विकेट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई)ले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीवार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको हो । युएईका लागि आशिफ खान र रोहन मुस्ताफाले अर्धशतकिय इनिङ्स खेले । आशिफले बलमा सर्वाधिक ७२ रन जोडे । रोहन ५३ रनमा अविजित रहे । साथै अर्यान लाक्राले २८ रन जाेडे भने कप्तान सीपी रिजवानले २२ रन, वृत्य अरविन्दले १८ रन बनाए । 

बलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । जारी सिरिजमा नेपाली टोलीले पपुवा न्युगीनीसँगको खेल खेलिसके पछि बुधबार मात्र उनी युएई पुगेका थिए । त्यस्तै, करण केसी, कुशल मल्ल र आरिफ शेखले एकएक विकेट लिए । 

आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ । युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ ।

Logo