सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिगमा आज  (आइतबार) तीन खेल हुँदै छन्। 

अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । जसअनुसार दिउँसो साढे २ बजे दशरथ रङ्गशालामा त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा आमनेसामने हुनेछन् । सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग भिडनेछन् ।  यो खेल भने ५ः३० मा सुरु हुनेछ ।

उता, अपराह्न साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

Logo