पपुवा न्युगिनीविरुद्ध नेपाललाई सन्दीपले दिलाए छैठौँ सफलता, लिए ३ विकेट

पपुवा न्युगिनीविरुद्ध नेपाललाई सन्दीपले दिलाए छैठौँ सफलता, लिए ३ विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । 

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २४ ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनाएको छ । छैठौँ सफलता सन्दीप लामिछानेले दिलाएका हुन् । उनले चाल्र्स अमिनीलाई १६ रनमा आउट गरे । 

त्यसअघि नेपाललाई पाँचौँ सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले २२.५ ओभरमा पिएनजीका राईली हेकुरेलाई ४ रनमा आफैले क्याच आउट गरेका हुन् । 

त्यस्तै, सन्दीप लामिछानेले नेपाललाई चौथो विकेट दिलाएका हुन् । उनले १९.१ ओभरमा कप्तान आसाद भालालाई २० रनमा सन्दीपले क्याचआउट गराए । त्यसअघि राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरेका थिए ।  साथै हिरि हिरिलाई सोमपाल कामीले १४ रनमा क्याच आउट गराए भने । नेपाललाई तेस्रो सफलता लिाउने क्रममा सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । 

Skip This
Skip This
Logo