चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस हुने

चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस हुने

केन्द्रबिन्दु
0
Shares

चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १० के रोड रेस चैता ११ गते र बक्सिङ चैत २१ देखि २५ गतेसम्म आयोजना गर्ने जनाएको हो । 

रोड रेस दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुनेछ । रोड रेसमा महिला र पुरुषतर्फ गरी दुवै स्पर्धामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीले सहभागिता संख्या भने अर्को पत्रकार सम्मेलनमा जानकारी दिने आयोजकले बतायाे। 

प्रतियोगिताको विजेताले महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउनेछन् । चौथोले १० हजार र पाँचौंले ५ हजार पाउनेछन् । यस्तै रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउनेछन् ।

यस्तै चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ । वसन्तपुर डबलीमा आयोजना हुने बक्सिङमा महिला र पुरुष गरी ६/६ तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएकाे छ । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको खर्च ४५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।  

Logo