सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

केन्द्रबिन्दु
0
Shares

नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने अवसर आएको छ। 

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि आज युएईविरूद्ध कम्तीमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेलमा १०० विकेट लिने कीर्तिमान बनाउनेछन्।

अफगानिस्तानका रसिद खानले सन् २०१५ अक्टोबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।  

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्।  उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिएका छन्।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि  युएईविरुद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।

Skip This
Skip This
Logo