युएईविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

युएईविरुद्ध कुशल भुर्तेलको सानदार अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध सानदार अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि भुर्तेलले अर्धशतक प्रहार गरेकी हुन् । उनले ३२ बलमा अर्धशतक पूरा गरे । 

नेपाल हाल १५ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएर खेलिरहेको छ । कुशललाई क्रिजमा भीम सार्कीले साथ  दिइरहेका छन् । यसअघि नेपालका ओपनर आशिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल सस्तैमा समेटिएका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग(२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।

Logo