खेलग्रामको प्रगति विवरण बुझाउन निर्देशन

खेलग्रामको प्रगति विवरण बुझाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यूवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण भईरहेको खेलकुद पूर्वधार (खेलग्राम) को प्रगति विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयको खेल पूर्वधार विकाश शाखाले मंगलबार प्रगति विवरण बुझाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गरेको हो ।

खेलग्राम निर्माणको लागि वित्तीय हस्तान्तरण भईसकेको जनाउँदै मन्त्रालयले प्रगतिको विवरण यथाशिघ्र बुझाउन पत्रमा भनेको छ । सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्धेश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो ।

जसमा देशभरबाट १ सय ६० वटा स्थानीय तहले मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए । सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो । खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट बिनियोजन समेत गर्न सुरु गरेको थियो ।

Skip This
Skip This
Logo