शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा फ्रान्सको शानदार जीत

शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा फ्रान्सको शानदार जीत

केन्द्रबिन्दु
0
Shares

शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४-० को शानदार जीत हासिल गरेको हो ।

एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए। २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए। 

दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरेका हुन् । 

Logo